स्वार्थ बाझिने काम गरेको भन्दै श्रममन्त्रीलाई हटाउने तयारी

काठमाण्डु टुडे २०८२ चैत २६ गते १५:३९ मा प्रकाशित

काठमाण्डू, २६ चैत– प्रधानमन्त्री वालेन्द्र शाहले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी सुरु गरेका छन ।

साहको विगतदेखि नै विवादित छवि रहेको र अहिले मन्त्री बनेपछि पनि शंकास्पद काममा संलग्न भएको छनक पाएपछि प्रधानमन्त्रीले हटाउने तयारी गरेको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार श्रममन्त्री साहका गतिविधि मन्त्रालयको स्वार्थसँग बाझिने खालको रहेको पाइएको छ । त्यसैले उनलाई हटाउने तयारी भएको हो । साह विगतमा एजुकेसन कन्सल्टेन्सीको विवादमा परेका व्यक्ति थिए ।

‘मान्छेहरू विदेश पठाउने संस्थाहरूमा उहाँको संलग्नता रहेको तथ्यहरू आएका छन्, रातिको समयमा गएर भेटघाट गरेको सूचनाहरू पनि प्रधानमन्त्रीसमक्ष पुगेको छ‘ स्रोतले भन्यो,’स्वार्थ बाझिने मन्त्रालयमा रहँन नमिल्ने भएकाले उनलाई हटाउने निर्णय हुनसक्छ ।’

श्रममन्त्री साहकी श्रीमति जुनु श्रेष्ठ स्वास्थ्य बीमा बोर्डको सदस्यको रुपमा बैठकमा सहभागी भएको विषय पनि अहिले विवादमा छ । स्वास्थ्य बीमा बोर्डको बैठकमा सहभागी भएकी थिइन् ।

जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डले लगातार ११ पटकसम्म बैठकमा अनुपस्थित रहेको भन्दै पदबाट हटाएको थियो । तर अहिले उनी सदस्यको हैसयतामा बोर्ड बैठकमा सामेल भएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us