उपसभामुखमा श्रम संस्कृतिकी उम्मेदवार रुबी कुमारीलाई रास्वपाको समर्थन

काठमाण्डु टुडे २०८२ चैत २६ गते १४:११ मा प्रकाशित

काठमाण्डू, २६ चैत– प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीको तर्फबाट २५ वर्षीय रुबीकुमारी ठाकुर उम्मेदवार बनेकी छन् । उनलाई सत्तारुढ दल रास्वपाले समर्थन गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन ।

उनले भने, ‘रास्वपाले उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।’ उपसभामुख पदमा राप्रपाले पनि उम्मेदवारी दिएको छ ।

राप्रपाले सरस्वती लामालाई उम्मेदवार बनाएको छ । लामाको प्रस्तावकमा राप्रपा दलका नेता ज्ञानेन्द्र शाही छन् । समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरी रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us