हर्क साम्पाङ भन्छन्ः उपसभामुखबारे छलफल गर्नुस्, बार्गेनिङ होइन

काठमाण्डु टुडे २०८२ चैत २६ गते १३:०५ मा प्रकाशित

काठमाण्डू, २६ चैत– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले उपसभामुखका लागि निर्वाचन हुने बताएका छन । ‘उपसभामुखको चुनाव हुनेछ ।

छलफल गर्नुस्, बार्गेनिङ होइन’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । संघीय संसद् सचिवालयका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय छ । प्राप्त उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो साढे २ बजे हुनेछ ।

भोलि शुक्रबार निर्वाचन हुनेछ । सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भइसकेका छन् । अब उपसभामुखमा महिला सांसदले मात्रै उम्मेदवारी दिन पाउँछन् ।

प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीका सात जना सांसद छन् । त्यसमध्ये अम्बिका देवी संग्रौला, राधिका रम्तेल र रुबी कुमारी महिला सांसद रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us