मलेसिया र दुबईका कामदारमार्फत सुन तस्करी

काठमाण्डु टुडे २०७१ असोज १५ गते २:२१ मा प्रकाशित

काठमाण्डु– वैदेशिक रोजगारीमा मलेसिया र दुबई गएका कामदारलाई भरिया बनाएर सुन तस्करी हुन थालेको छ ।
goldघर फर्कने क्रममा उनीहरुलाई तस्करले सुन बोकाएर तस्करी गर्न थालेका हुन् । प्रहरीले यसरी सुन तस्करी गर्ने सिन्धुपाल्चोकका उमेश गुरुङलाई ३५ किलो सुनसहित पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले शनिबार बेलुका उनलाई महाराजगन्जबाट पक्राउ गरेको हो ।
मलेसियाबाट फर्किएका कामदारले ल्याएको सुन अन्तर्राष्ट्रिय विमानस्थलबाट लिएर फर्कँदै गर्दा गुरुङ पक्राउ परेका हुन् । मलेसियाबाट फर्किएका दुई कामदारले सुनको बिस्कुट गुरुङलाई ल्याइदिएका थिए ।
ठूलो मात्रामा सुन तस्करी गर्दा प्रहरीले पक्राउ गर्न थालेपछि वैदेशिक रोजगारीमा गएका कामदारलाई प्रयोग गरी सानो मात्रामा सुन तस्करी हुन थालेको हो । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्की भन्छन् ,‘सुन तस्करीको नयाँ तरिका फेला परेको छ, सुरक्षित तस्करी गर्न यस्तो तरिका अपनाएको हुन सक्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us