इलाम १ मा नेपाली कांग्रेसका निश्कल राई निर्वाचित

काठमाण्डु टुडे २०८२ फागुन २५ गते १६:५५ मा प्रकाशित

काठमाण्डू, २५ फागुन– इलाम–१ मा कांग्रेसका निश्कल राई निर्वाचित भएका छन् । उनले १३ हजार ९१२ मतसहित विजयी हुन सफल भएका हुन ।

राईका निकटतम प्रतिद्वन्दी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूले १३ हजार ४९३ मत प्राप्त गरे । त्यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका काजीमान कागतेले ११ हजार ७१० मत प्राप्त गरेका छन् ।

निक्कै प्रतिस्पर्धी मतसहित राई विजेता बनेका हुन् । मत गणना अवधिभर कांग्रेसका राई एमालेका कागते र श्रम संस्कृतिका लिम्बूबीच तीव्र प्रतिस्पर्धा देखिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us