नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

काठमाण्डु टुडे २०८२ फागुन २५ गते १५:२६ मा प्रकाशित

काठमाण्डू, २५ फागुन– माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले आज (सोमबार) आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन ।

अहिले दिउँसो सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा सांसदले पद तथा गोपनीयताको शपथ लिएका हुन् । विशेष समारोहबीच राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सदस्यहहरूलाई शपथ गराएका छन् । माघ ११ गते भएको निर्वाचनमा १८ जना नयाँ सांसद चुनिएका थिए ।

५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन्छ । जसअनुसार यही २० फागुनमा १९ जना सांसदको कार्यकाल सकिएको थियो । रिक्त एक सिट भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने प्रावधान छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us