छ महिनामा आठ हजार सवारी साधन कारबाहीमा

काठमाण्डु टुडे २०७१ असोज ११ गते २:४९ मा प्रकाशित

काठमाण्डु, ११ असोज– ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले छ महिनामा नियम मिच्ने आठ हजार ३२२ सवारी साधनमाथि कारबाही गरेको छ ।

गत वैशाख महिनादेखि भदौ मसान्तसम्म ट्राफिक नियम मिच्ने सवारी साधनमाथि कारबाही गरिएको हो । सो क्रममा चार हजार ९८ मोटरसाइकल, ९६९ जिप, ६७० बस, ९२२ ट्रक, एक हजार ४८६ ट्रयाक्टर र १६० टाँगा कारबाहीमा परेका हुन् ।

कारबाहीमा परेका सवारीसाधनबाट ट्राफिक प्रहरी कार्यालयले २१ लाख ६८ हजार ६५० राजस्वसमेत सङ्कलन गरेको ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक जगदिशप्रसाद भट्टले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us