काँग्रेस–एमालेका कारण संविधान लेखन अवरुद्ध: राई

काठमाण्डु टुडे २०७१ असोज १० गते १४:३० मा प्रकाशित

ashok raiकाठमाण्डु, १० असोज– संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले संविधान निर्मा प्रक्रिया अवरुद्ध हुनुमा प्रमुख दुई सत्तारुढ घटक काँग्रेस र एमाले जिम्मेवार रहेको आरोप लगाएका छन् ।
दसैंका अवसरमा शुभकामना आदानप्रदान गर्न सञ्चारकर्मीसँग गरेको भेटमा उनले काँग्रेस–एमाले संविधान बनाउने दिशामा उद्धत नरहेको बताए । संविधानका महत्वपूर्ण बुँदामा छलफल गर्नुपर्ने बेलामा ती दलका नेता भाग्ने गरेकाले विवादित विषय जस्ताको तस्तै रहेको उनको भनाइ थियो ।

‘काँग्रेस र एमालेका कारण संविधकान लेखन प्रक्रिया अवरुद्ध भएको छ’, राईले भने, ‘महत्वपूर्ण विषयमा छलफल गर्नुपर्‍यो कि काँग्रेस–एमालेका नेता हाजिर गरेर निस्कन्छन्, छलफलमा भागै लिँदैनन् ।’

राज्य पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीसम्बन्धी विवादमा प्रमुख दुई दलले निकास दिन नचाहेको उल्लेख गरे ।
दोश्रो संविधानसभा निर्वाचनबाट पनि पात्र, प्रवत्ति, मुद्दा र पदमा पूरानै व्यक्ति दोहोरिएकाले संविधान नबन्ने खतरा बढेको बताए । राज्यले विगतमा गरिएका विभिन्न सहमति र सम्झौताको मर्म र भावनाविपरीत टाउको गनेर संविधान जारी गरिए स्वीकार नगर्ने चेतावनी राईले दिए ।
‘दसवर्षे जनयुद्ध, १२ बुँदे समझदारी, १९ दिने जनआन्दोलन, मधेस आन्दोलन, दलित, मुस्लिम, आदिवासी जनजातिसित भएका सम्झौता बिर्सिएर टाउको गन्ने काम भए दुर्भाग्य हुनेछ’ उनले भने

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us