मलाई हटाउने समाचारले सञ्चारमाध्यमकै विश्वसनियता गुम्यो : मन्त्री रिजाल

काठमाण्डु टुडे २०७१ असोज १० गते ७:३४ मा प्रकाशित

काठमाण्डु, १० असोज – सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले आफूलाई हटाउने समाचारले सञ्चारमाध्यमको विश्वसनियता गुमेको स्पष्ट पारेका छन् ।

minendra-rijalप्रेस युनियनको नवनिर्वाचित केन्द्रीय समितिलाई दसैंको शुभकामना दिन शुक्रबार पुल्चोकस्थित मन्त्री निवासमा भएको भेटमा मन्त्री रिजालले प्रोपोगान्डाका समाचारलाई निरुत्साहित गर्न स्वयं सञ्चारकर्मीले भूमिका खेल्नुपर्ने बताए ।

‘मलाई हटाउने समाचार नियोजित ढंगले आयो । समाचारले मलाई र स्वयं प्रधानमन्त्रीलाई पनि दुःखी बनायो,’ पत्रकारलाई मर्यादित हुन आग्रह गर्दै उनले भने, ‘आखिर दुई दिन कुरेको भए के बिग्रन्थ्यो र ? आखिर त्यो सवै हल्लामात्र सावित भयो ।’

रिजालले उनले सकारात्मक समाचारलाई जनतासमक्ष लैजान पनि सञ्चारकर्मीलाई आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us