काठमाण्डु, १० असोज – एमाले वरिष्ठ नेता झलनाथ खनालले यसबर्षको दशैं अमेरिकामा मनाउने भएका छन् । खनाल स्वास्थ्य उपचारका लागि शुक्रबार बिहान अमेरिका उडेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता खनालले आफ्नो दसैँ विदेशमै रहेका नेपालीका बीच हुने भएकाले स्वदेशमा दसैँ मनाउने सबैमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।
उनको वासिङ्टन डिसीस्थित जोन हब किङ्ग्स अस्पताल ९बाल्टोमोर०मा उपचार हुनेछ। त्यहाँ खनालको प्रोस्टेटको शल्यक्रिया गरिनेछ। उनी यही महिनाको तेस्रो साता स्वदेश फर्कने कार्यक्रम रहेको छ।
खनालका साथ उनका निजी चिकित्सक सुमन शर्मा उप्रेती, सहयोगी रणबहादुर राई र नवीन श्रेष्ठ गएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले बताए।
खनालको बिदाइका लागि सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, नेता पशुपति चौलागार्इं तथा सभासद्हरू विमानस्थल पुगेका थिए।