काठमाण्डु, १० असोज– प्रहरी हिरासतमा अनसन बसेका बेला गम्भीर बिरामी भएपछि अस्पताल भर्ना गरिएका सीके राउतको अवस्था गम्भीर भएको छ ।
गत सोमबारदेखि महानगरीय प्रहरी परिसर काठमाण्डुमा आमरण अनसन बसेका राउत बिरामी भएपछि प्रहरीले हिजो बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याएको थियो ।
अस्पतालका अनुसार राउतको हात–खुट्टा चलेका छैनन् । पाँच दिनदेखि खाने कुरा नखाएका कारण उनी गलेको चिकित्सकले बताएका छन् ।
तराईलाई नेपालबाट अलग गर्नुपर्ने पृथकतावादी नारा दिँदै हिंडेका राउतलाई प्रहरीले मोरङको रंगेलीबाट झण्डै दुई साताअघि फक्रेको थियो । प्रहरीले उनीविरुद्ध राज्य द्रोहको मुद्धा दर्ता गराएको छ ।