धनुषा, ९ असोज – धनुषाको प्रकोमहुवा गाविसमा बस्ने तीन जनाको चट्याङ लागेर मृत्य भएको छ ।
मृत्यु हुनेमा ५० वर्षीया पार्वती देबी, ३० वर्षीया अनिता देबी र २८ वर्षीया रीता देबी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाको छ ।
खेतमा घाँस काटिरहेको अबस्थामा पानी परी सोही स्थानमा रहेको सिसौको रुखमुनी ओत लागि बसेकोमा बिहिबार दिउसो चट्याङ्ग परी मृत्यु भएको हो ।
घाइते जलेसिया देबीको सोही अस्पतालमा उपचार भइरहेको र अबस्था सामान्य रहेको छ ।