अमेरिकाबासी नेपालीलाई स्वदेश फर्किएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

काठमाण्डु टुडे २०७१ असोज ९ गते ११:२५ मा प्रकाशित

काठमाण्डु, ९ असोज – प्रधानमन्त्री सुशील कोइरालाले नेपाल फर्किएर लगानी गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री राहत कोषमा सहयोग हस्तान्तरण गर्न आएका अमेरिका निवासी नेपालीहरुसँगको भेटमा प्रधानमन्त्री कोइरालाले आफ्नो अनुभव देश विकासमा लगाउन अनुरोध गरेका हुन् ।

sushilन्यूयोर्कको पार्क एभेन्यु ग्राण्ड सेन्ट्रलस्थित होटल ग्राण्ड ह्यातमा जनसम्पर्क समिति शिकागोका अध्यक्ष भोजराज घिमिरेले प्रधानमन्त्री कोइरालालाई ३ हजार ८ सय ३४ अमेरिकी डलर हस्तान्तरण गरेका हुन् ।

गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष खगेन्द्र जिसीका अनुसार अहिले अमेरिकामा करीब ३ लाख नेपाली बसोबास गरिरहेका छन् ।

प्रधानमन्त्री कोइरालाले अब नेपालमा नै लगानीको वातावरण बनेकाले अमेरिकाको कार्य संस्कृति सिकेका, उपयोगी सीप भएका, प्रशिक्षित,उच्च शिक्षा लिएका जनशक्तिलाई स्वदेश फर्केर देशको समुन्नतिमा लाग्न पनि आग्रह गरेका हुन् ।

उनले हरेक मुलुकको विकास त्यही देशका नागरिककै प्रयासले संभव भएको पनि अमेरिकाबासी नेपालीलाई स्मरण गराए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us