काठमाण्डू,२४ कात्तिक- सरकारले दानबहादुर कार्कीलाई नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।
सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले कार्कीलाई महानिरीक्षक नियुक्तिको निर्णय भएको जानकारी दिए ।
कार्की हाल काठमाण्डू उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुखका रूपमा कार्यरत छन् ।
वर्तमान आइजिपी चन्द्रकुबेर खापुङ कात्तिक २६ गतेदेखि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाने भएपछि सरकारले प्रहरीको नयाँ नेतृत्व चयन गरेको हो ।
यससँगै कार्की अब नेपाल प्रहरीको सर्वोच्च जिम्मेवारी सम्हाल्ने ३३औं आइजिपी बनेका छन् ।