गृहमन्त्रीले भारतीय राजदूतलाई सोधेः दुर्गा प्रसाईंले भारतमा को-कोसँग भेटे ?

काठमाण्डु टुडे २०८२ कार्तिक २३ गते २१:४६ मा प्रकाशित

काठमाण्डू, २३ कात्तिक– गृहमन्त्री ओमप्रकाश अर्यालले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भारत भ्रमणबारे चासो राखेका छन् ।

मन्त्री अर्यालले आइतबार नेपालका लागि भारतीय सचिव नवीन श्रीवास्तवसँगको भेटमा प्रसाईंको भ्रमणबारे चासो राखेका हुन् ।

केही दिनअघि नेपाल फर्कने क्रममा शुक्रबार प्रसाईंलाई केहीबेर दिल्लीस्थित अध्यागमनमा केहीबेर होल्ड गरिएको थियो ।

प्रसाईंले आगामी ७ फागुनबाट आन्दोलन घोषणा गरेका छन् ।

उनी कडा सुरक्षा निगरानीमा छन् । मन्त्री अर्यालले भारत बसाइका क्रममा प्रसाईंले कस कसलाई भेटे भन्नेबारे राजदूत श्रीबास्तवसँग सोधेका थिए । जवाफमा राजदूत श्रीबास्तवले प्रसाईको कसैसँग राजनीतिक भेटघाट नभएको प्रष्टीकरण दिए ।

प्रसाईंले आफ्नो आन्दनेलनमा भारतीय संस्थापनको समर्थन रहेको बताउँदै आएका छन् ।

२१ फागुनमा घोषित निर्वाचनबारे भेटमा छलफल भएको मन्त्री अर्यालको सचिवालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us