
इन्चन, ६ असोज– मलेसियालाई ४६ रनले हराउदै नेपाली महिला क्रिकेट टोली दक्षिण कोरियामा जारी एसियन गेम्सको क्वाटरफाइनल प्रवेश गरेको छ ।
टस जितेर पहिले व्याटिङ रोजेको नेपालले ८८ रन जोडेको थियो । मलेसियालाई ४२ रनमा समेट्दै नेपाली टालीले सहज जित निकाल्यो ।
नेपालको लागि ममता चौधरीले २२ र सरिता मगरले १२ रन बनाए । नेपालले अन्तिम १० ओभरमा मात्रै ६४ रन जोडेको थियो । नेपाली टोली यसअघि आइतबार थाइल्याण्डसँग पराजित भएको थियो । प्रतियोगितामा नेपालले बुधबार बंगालदेशको सामना गर्नेछ ।