काठमाण्डूको जडीबुटीमा गाडीको ठक्करबाट स्कुटरमा सवार युवतीको मृत्यु

काठमाण्डु टुडे २०८२ कार्तिक २१ गते १४:२० मा प्रकाशित

काठमाण्डू, २१ कात्तिक– काठमाण्डू महानगरपालिका–३२ जडीबुटीमा गाडीको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भक्तपुर नगरपालिका–७ घर भएकी २० वर्षीया सुनिस्ना ताम्राकार रहेकी जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ ।

बिहीबार साँझ ना ८ ख ३९७५ नम्बरको डिब्बा गाडीले उनी सवार प्रदेश–३–०२–०१४ प ९६६३ स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते ताम्राकारलाई उपचारका लागि सिभिल अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us