काठमाण्डू, २३ साउन– आज (शुक्रबार) नेपाली बजारमा सुनको मुल्यले ऐतिहासिक रेर्कड कायम गरेको छ । आज सुन अधिल्लो दिनको तुलनामा प्रतितोला १ हजार रुपैयाँले बढ्दै सुनको मूल्य इतिहासकै उच्च रेर्कड कायम गरेको हो ।
आज लागि भाउ प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । अघिल्लो दिनको तुलनामा सुन तोलामा १ हजार रुपैयाँ बढेको हो ।
यसअघि गत मंगलबार मूल्यले १ लाख ९८ हजार ५ सयको उच्चतम रेकर्ड बनाएको थियो । चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँ बढेसँगै २३२५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्यमा भने यसअघि २३५० को रेकर्ड बनेको छ ।