काठमाण्डूको कमलादीमा स्कुटर दुर्घटना हुँदा युवतीको मृत्यु

काठमाण्डु टुडे २०८२ साउन ८ गते ९:३७ मा प्रकाशित

काठमाण्डू, ८ साउन– काठमाण्डूको कमलादीमा स्कुटर दुर्घटना हुँदा युवतीको मृत्यु भएको छ ।

कमलादीस्थित प्रज्ञा भवन नजिकै गएराति स्कुटर दुर्घटना हुँदा उदयपुरको त्रियुगा नगरपालिका–१३ घर भई हाल काठमाण्डू नस्थली बस्ने २५ वर्षीय समीक्षा रिजालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बागमती प्रदेश०२–०३४प३४५८ नम्बरको स्कुटर रिजाल आफैंले चलाएकी थिइन् ।

घटना गएराति सवा १ बजेतिरको भएको काठमाण्डू प्रहरी परिसरका प्रवक्ता एसपी एसपी अपिलराज बोहराले बताए ।

दुर्घटनामा गम्भीर घाइते भएकी रिजाललाई उपचारका लागि ट्रमा सेन्टर लगिएकामा उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us