८० अंक बढ्यो सेयर बजार, २० अर्ब नाघ्यो कारोबार

काठमाण्डु टुडे २०८२ साउन ६ गते १७:४० मा प्रकाशित

काठमाण्डू ६ साउन– साताको कारोबारको तेस्रो दिन आज सोयर बजार परिसूचक नेप्सेमा उच्च अंकको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्से परिसूचक ८०.९७ अंकले बढेर दुई हजार ९७३.७० विन्दुमा पुगेको हो ।

यो २.७९ प्रतिशतको वृद्धि हो । आज नेप्सेमा ३१९ कम्पनीको चार करोड ३५ लाख ८१ हजार २२८ कित्ता सेयर एक लाख ७७ हजार १०१ पटक खरिद–बिक्री हुँदा रु २० अर्ब आठ करोड ५३ लाख ६७ हजार २९३ बराबरको कारोबार भएको छ ।

आजको कारोबारपछि बजार पुँजीकरण रु ४९ खर्ब ६२ अर्ब १२ करोड नाघेको नेप्सेले जनाएको छ । सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह ४.६३, जीवन बिमा समूह ४.३६ र लघुवित्त समूह ४.०७ प्रतिशतले बढेको छ । बैंकिङ २.१०, विकास बैंक २.२६, वित्त १.९४, होटेल तथा पर्यटन ३.४४ र जलविद्युत् समूह १.९० प्रतिशतले बढेको छ ।

त्यसैगरी, लगानी ३.३४, म्युचुअल फन्ड ०.५६, निर्जीवन बिमा २.५६, व्यापार १.०१ र अन्य समूह ३.२६ प्रतिशतले बढेको छ । आजको कारोबारमा ट्रेड टावर लिमिटेड, शिवम् सिमेन्ट लिमिटेड, सान्भी इनर्जी लिमिटेडलगायत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा एलबिबिएल डिबेन्चर– २०८९ तीन दशमलव ९४ प्रतिशतले घटेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us