काठमाण्डू ६ साउन– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव राजनीतिक नेतृत्व नयाँ संविधान कार्यान्वयनमा भन्दा सत्ताको कुर्सी प्राप्तितिर लागेकाले जनतामा निराशा बढेको दाबी गरेका छन ।
आज (मंगलबार) नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा काठमाण्डूमा आयोजित एक कार्यक्रममा बोल्दै माओवादी उपमहासचिव शर्माले यस्तो बताएका हुन ।
उनले राजनीतिक नेतृत्व व्यक्तिगत स्वार्थमा पार्टनरसिप गर्नु दुर्भाग्यपूर्ण भएको पनि बताएका छन । उपमहासचिव शर्माले भने, ‘हामीले राज्यपुर्नसंरचनाको कुरा उठाएका थियौँ । तर त्यतातिर लागेनौँ । हामी हतारमा सत्ताको कुर्सी प्राप्तिमा लाग्यौँ ।
जसले गर्दा नयाँ संविधान कार्यान्वयन गर्न सकिएन । पुरानै राज्य संरचना, माइड सेटले नयाँ संविधानको कार्यान्वयन, जनताको अधिकारको कार्यान्वयन गर्न उनीहरू तयार भएनन्, ‘राजनीतिक नेतृत्व उनीहरूकै कारिन्दा जस्तो भयो ।
पुरानै माइन्ड सेटबाट परिचालित भए । व्यक्तिगत निहित स्वार्थमा पार्टनरसिप गरेर एकले अर्कालाई प्रशंसा गर्न स्थिति सिर्जना भयो । यो दुर्भाग्यपूर्ण स्थिति हो ।’