कुलिङ पिरियड लागू हुनैपर्छः कांग्रेस

काठमाण्डु टुडे २०८२ साउन ६ गते १४:२० मा प्रकाशित

काठमाण्डू ६ साउन– पूर्व मन्त्री एवं कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले कुलिङ पिरियडबारे संसदीय समितिबाट सर्वसम्मत भएको विषयमा कांग्रेसले कम्परमाइज गर्न नसक्ने तर्क गरेका छन ।

आज (मंगलबार) बीपी स्मृति दिवसको अवसरमा काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस प्रवक्ता महतले यस्तो तर्क गरेका हुन । उनले कुलिङ पिरियडमा कांग्रेस अडिग रहेको पनि बताए । राष्ट्रिय सभामा रहेको विधेयकमा अहिले नेकपा एमालेका सांसदहरुले कुलिङ पिरियड हटाउनुपर्ने भन्दै संशोधन प्रश्ताव राखेका छन् ।

यसमा काँग्रेसले कम्परमाइज नगर्ने र कुलिङ पिरियड लागू हुनैपर्ने प्रवक्ता महतले बताए । भूमि विधेयक लगायत महत्त्वपूर्ण विषयहरूमा एकलौटी लाद्ने काम स्वीकार्य हुन नसक्ने उनले बताए ।

गठबन्धन सरकार सन्तुलित किसिमबाट अघि बढ्नुपर्ने बताए । प्रवक्ता महतले झुटो बोलिरहेकाहरु नै सत्य हो जसरी समाजमा स्थापित भइरहेको प्रति डा महतले आपत्ति समेत व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us