८ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ६४ बर्षीय वृद्ध पक्राउ

काठमाण्डु टुडे २०८२ साउन ६ गते १३:२८ मा प्रकाशित

काठमाण्डू ६ साउन– प्रहरीले पर्वतमा ८ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ६४ बर्षीय वृद्धलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहादी गाउँपालिकाका ६४ वर्षीय भुवानन्द तिवारी रहेको जिल्ला प्रहरी कार्यलय पर्वतले जानकारी दिएको छ ।

भुवानन्दले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरी आएपछि प्रहरी चौकी सेतीवेणीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । उनीमाथि बालिका बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us