काठमाण्डू ६ साउन– काठमाण्डूको दक्षिणकाली नगरपालिका–७ निमिटोलमा एक युवक मृत अवस्थामा फेला परेका छन । दक्षिणकाली नगरपालिका–७ मिनिटोल डेरा गरी बस्ने ३१ वर्षीय शेरबहादुर तामाङ मृत अवसथामा फेला परेका प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उनी आफ्नै डेरामा मृत अवस्थामा फेला परेका हुन । उनको स्थायी ठेगाना मोरङको केराबारी गाउँपालिका–४ रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार घटना संकास्पद नरहेको बताइएको छ ।