काठमाण्डूको थलीमा एक पुरुषको शव भेटियो

काठमाण्डु टुडे २०८२ साउन ६ गते १३:१९ मा प्रकाशित

काठमाण्डू ६ साउन– काठमाण्डूको कागेश्वर मनोहरा नगरपालिका–५ थलीमा एक पुरुषको शव फेला परेको छ । थलीको खाली चौरमा एक पुरुषको शव फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

मृत भेटिएका पुरुष अन्दाजी ४० वर्ष जतिका छन् । उनको अहिलेसम्म सनाखत हुन नसकेको पनि प्रहरीले जनाएको छ । साथै घटनाबारे अनुसन्धान पनि सुरु गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us