काठमाण्डू ६ साउन– आज (मंगलबार) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस प्रकरणमा मुछिएर राजीनामा दिएका निवर्तमानमन्त्री राजकुमार गुप्तासँग सोधपुछ सुरु गरेको छ ।
अनुसन्धान अधिकृतको टोलीले घुस अडियो वारे गुप्तासँग सोधपुछ गर्नुका उनको अनुसन्धानका थप केही प्रक्रिया अघि बढाउने योजना बनाएको हो ।
सोमबार उनीसँग बयान लिने भनिएपछि अख्तियारले त्यसलाई मंगलबार सारेको हो । अख्तियारले उनको अडियोको नमुना परीक्षण गर्ने योजना बनाएको छ । स्रोतका अनुसार, मंगलबार मात्रै उनको अडियो रेकर्ड गरी सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियोसँग त्यसको परीक्षण हुने बताइएको छ ।