काठमाण्डू, ५ साउन– रामेछापका एक पुरुषले विवाह गर्न नमाने पछि आफ्नै प्रेमिकाको हत्या गरेका छन् । आफूबाट टाढा हुँदै गएपछि प्रेमिकाको हत्याको गरेको ती पुरुषले स्वीकार गरीसकेको प्रहरीले जनाएको छ ।
रामेछापको मन्थली नगरपालिका–१३ का ३७ वर्षीय सन्तोष सुनारले ३३ वर्षकी प्रेमिका शर्मिला उप्रेतीको ३२ साउनमा बनेपा नगरपालिका–१३ साँगामा रहेको भगवान थुम्की सामुदायिक वनमा हत्या गरेका हुन् ।
सन्तोषलाई प्रहरीले पक्राउ गरेको छ । शर्मिलाको शव आइतबार दिउँसो भगवान थुम्की सामुदायिक जंगलमा कोल्टो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिएका छन ।
घलेका अनुसार घुम्न जाऊँ भन्दै जंगल लगेपछि सन्तोषले पहिले मन्दिरमा गाडिएको लठ्ठीले प्रहार गरेका थिए र त्यसपछि कुर्ताको सल घाँटीमा बाँधेर हत्या गरेका थिए । प्रारम्भिक बयानमा सन्तोषले विवाह गर्न प्रस्ताव गर्दा शर्मिलाले नमानेको र त्यसकै रिसमा हत्या गरेको बताएका छन् ।