मधुगंगा महादेव मन्दिर परिसरमा चक्कु प्रहार, एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८२ साउन ५ गते १६:१४ मा प्रकाशित

काठमाण्डू, ५ साउन– सिन्धुलीको दुधौली नगरपालिका–२ स्थित मधुगंगा महादेव मन्दिर परिसरमा दर्शन गर्न पुगेका तीर्थयात्रीबीच झगडा भएको छ । उक्त चक्कु प्रहारमा एक जनाले ज्यान समेत गुमाएका छन ।

सोमबार मध्यान्ह मन्दिर नजिकै डाँडामा रहेको एक चिया पसलमा १० जना भन्दा धेरै तीर्थयात्री बसेको बेला विवाद भइ झडप भएको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन । घटनास्थल पुगेका जिल्ला प्रहरी सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार झगडाका क्रममा चक्कु प्रहार हुँदा एक तीर्थयात्रीको मृत्यु भएको जानकारी दिएका छन । शवलाई पोस्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याइएको छ ।

तीर्थयात्रीहरूमध्ये केहीले कराउँदै झगडा गरेका थिए । स्थानीय आइरहेको थाहा पाएपछि चक्कु प्रहार गर्नेहरू जंगलतर्फ भागेका थिए । साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us