अरुण तेस्रोमा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु

काठमाण्डु टुडे २०८२ साउन ५ गते १४:३३ मा प्रकाशित

काठमाण्डू, ५ साउन– सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट क्षमताको अरुणतेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका–२ का ४० वर्षीय करणधर पौडेल रहेको प्रहरीले जानकारी दिएको छ ।

उनको आज (सोमबार) करेन्ट लागेर मृत्यु भएको हो । चिचिला गाउँपालिका–३ स्थित अरुणतेस्रो परियोजनाको अडिट थ्रीस्थित सोलाखानीको सुरुङभित्र उनलाई करेन्ट लागेको सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अरुण आयोजनामा नेपाली र भारतीयसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us