सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ

काठमाण्डु टुडे २०८२ साउन ५ गते १४:२९ मा प्रकाशित

काठमाण्डू, ५ साउन– प्रहरीले सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डूले अग्रवाललाई टोखाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ठगी र विश्वासघातको कसूरमा अग्रवाललाई पक्राउ गरिएको काठमाण्डू प्रहरी परिसरका प्रमुख विश्व अधिकारीले जानकारी दिए । २२ करोड ठगीको अरोपमा प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको हो ।

अग्रवालले सेयर कारोबार मार्फत लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीलाई ठगी गर्दै आएका थिए । उनको ठगीको विषयमा नेपाल धितोपत्र बोर्डले समेत अनुसन्धान गरेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको थियो । सोही अनुसार प्रहरीले पक्राउ गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us