महासचिवले नै विद्या भण्डारीको सदस्यता नवीकरण भएको भनिसक्नुभयोः ईश्वर पोखरेल

काठमाण्डु टुडे २०८२ साउन ४ गते १७:४४ मा प्रकाशित

काठमाण्डू, ४ साउन– पूर्व मन्त्री एवं नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारे महासचिव शंकर पोखरेलले नै नवीकरण भएको भनेर भनिसकेको बताएका छन् ।

अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारीबीच छलफल चलिरहँदा पार्टी मुख्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन । उनले अहिले पार्टी राजनीतिबारे बाहिर आइरहेका विषयमाथि उनीहरूबीच छलफल चलिरहेको पनि बताए । ‘जुन अहिलेको ज्वलन्त कुरा बाहिर आएको छ त्यही विषयमा केन्द्रित भएर कुराकानी भएको छ,’ पोखरेलले भने । उनलाई सञ्चारकर्मीले पार्टीले सदस्यता त पेन्डिङमा राखिदियो नि ?

भनेर प्रश्न गरेका थिए । जवाफमा पोखरेलले भने, ‘सदस्यता नवीकरण गरिसकेको विषय त महासचिवले नै भनिसक्नुभएको छ ।’ उनले आजको छलफलमा जिम्मेवारी तोक्ने लगायतका विषयमा छलफल भइरहेको हुनसक्ने जानकारी दिए ।

पार्टीमा आँउदा पनि सल्लाह गरेर आउनेगरी छलफल भइरहेको उनले बताए । अहिले च्यासलमा ओली र भण्डारीबीच वान टु वान वार्ता चलिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us