नारायणघाट–मुग्लिन सडकमा गुडिरहेको कारमाथि खस्यो ढुंगा

काठमाण्डु टुडे २०८२ साउन ४ गते १६:५१ मा प्रकाशित

काठमाण्डू, ४ साउन– नारायणघाट–मुग्लिन सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खसेको छ । आज (आइतबार) दिउँसो उक्त सडक खण्डको तुइनखोला पुल नजिक सडकमा गुडिरहेको भारतीय नम्बर प्लेटको कारमा ढुंगा खसेको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी दिएको छ ।

ढुंगा खसेर उक्त कारको अगाडिको सिसा फुटेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका इन्स्पेक्टर गायत्रीराज शर्माले जानकारी दिए । कार चालक भारतको आग्रा बस्ने ४२ वर्षीय रतेन्द्र यादव, ३३ वर्षीय हर्मोन यादव र ३५ वर्षीय हितेन्द्र यादव घाइते भएका छन् ।

उनीहरुको मुग्लिनस्थित मेडिकलमा उपचार भइरहेको छ । घटनास्थलमा रहेको कार हटाउने प्रयास भइरहेको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us