काठमाण्डू, ४ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्या भण्डारीबिच भेटर्वात भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न पूर्व राष्ट्रपति समेत रहेकी एमाले नेतृ भण्डारी आज (आइतबार) एमालेको मुख्यालय च्यासलमा पुगेकी थिइन् ।
सदस्यता नवीकरणको विषयमा चर्काचर्की भइरहेका बेला उनीहरूबीच छलफल हुन लागेको हो । छलफलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य कर्ण थापालगायत सहभागी रहेका छन ।