काठमाण्डू, ३२ असार– विश्व बैंकले नेपाललाई (१ करोड ८ लाख अमेरिकी डलर) आर्थत डेढ अर्ब रुपैयाँ अनुदान सहायता दिने भएको छ ।
गत सोमबार (३० असार) मा बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट उक्त परिमाणको अनुदान स्वीकार गर्ने निर्णय सरकार प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वि शुब्बा गुरुङले जानकारी गराए ।
यो अनुदान विद्यालय क्षेत्र सुधार कार्यक्रममा खर्च हुने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।