
काठमाण्डु, २६ भदौ– नेपालले एएफसी यू- १६ फुटबलको समूह चरणको खेलमा उत्तर कोरियासँग पराजित भएको छ ।
थाइल्याण्डको बैंकका बिहीबार भएको खेलमा नेपाल ४–१ को गोल अन्तरले पराजित भएको हो । योसँगै नेपालको विश्वकप फुटबल खेल्ने सपना फेरि अपूरो भएको छ । पराजयसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ ।
पहिलो खेलमा उज्वेकिस्तानसँग बराबरीमा रोकेको नेपालले कुवेतलाई २-१ ले पराजित गरेको थियो । नेपाल अघिल्लो चरण प्रवेशका लागि कम्तिमा कोरियासँग बराबरी खेल्नुपथ्र्यो । कोरिया र उज्वेकिस्तान भने नकआउट चरणमा पुगेका छन् ।
उज्वेकिस्तानले कुवेतलाई ४(२ ले पराजित गरेको छ । थाइल्याण्डमा जारी एफसी यू-१६ च्याम्पियनसिपको सेमिफाइनलमा पुग्ने टोलीले अर्को वर्ष हुने यू(१७ विश्वकपमा एसियाको प्रतिनिधित्व गर्नेछन् ।