
एजेन्सी– इरानका नयाँ राष्ट्रपति मासुद पेजेश्कियानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) सँगको सहकार्य निलम्बन गर्ने कानुनलाई अनुमोदन गरेका छन ।
इरानको सरकारी टेलिभिजन प्रेस टिभी र अन्य इरानी समाचार एजेन्सीहरूले यो खबरको पुष्टि गरेका हुन । गत साता इरानी संसदले उक्त विधेयक पारित गरेको थियो ।
यस विधेयकले सरकारलाई आईएईएसँगको सहकार्य निलम्बन गर्न कानुनी आधार तयार गरेको थियो । यो निर्णय इजरायल र अमेरिकासँग हालै भएका सैन्य तनावपछि, तेहरान र संयुक्त राष्ट्रसंघीय आणविक निगरानी निकायबीच निरीक्षणको पहुँच र पारदर्शितालाई लिएर बढ्दो विवादबीच आएको हो ।
इरानले पछिल्ला वर्षहरूमा आफ्नो आणविक कार्यक्रमबारे पारदर्शिता कायम गर्न आईएईएसँग सीमित सहकार्य गरिरहेको थियो । तर यो निर्णयले दुवै पक्षबीचको सम्बन्धलाई थप जटिल बनाउने देखिएको छ ।