मेलम्चीबाट इन्द्रवती किनारमा खस्यो यात्रु बस

काठमाण्डु टुडे २०८२ असार १४ गते १५:१६ मा प्रकाशित

काठमाण्डू, १४ असार– सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० स्थित मेलम्ची–भोताङ सडक खण्डमा बस दुर्घटना भएको छ ।

भोताङबाट मेलम्चीतर्फ आउँदै गरेको नाप्र३०–००५ख९९७६ नम्बरको बस शनिबार अपराह्न १ बजेतिर सडकबाट इन्द्रावती नदी किनारमा खसेको हो ।

दुर्घटनामा चालकसहित ८ यात्रु घाइते भएका सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । सिन्धुपाल्चोक प्रहरीका सूचना अधिकारी डिएसपी माधवराज खरेलका अनुसार बसको अगाडिको पट्टा भाँचिएपछि अनियन्त्रित भएर सडकबाट झन्डै ५० मिटर तल इन्द्रावती खोला किनारमा खसेको हो ।

यात्रुहरूलाई तत्काल उद्धार गरी उपचारका लागि मेलम्ची नगर अस्पताल लगिएको छ । घाइते सबैको अवस्था सामान्य छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us