
बुटवल, १४ असार– गुल्मीको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी सवार सवारी साधनको ठक्करबाट एक व्यक्ति गम्भीर घाइते भएका छन् ।
पन्थी सवार बीएए–०९१६ नम्बरको गाडीले विपरीत दिशाबाट आइरहेको लु९०प ३१९८ नम्बरको मोटरसाइकललाई शुक्रबार राति करिब १० बजे बुटवल–१२ तामनगरमा ठक्कर दिएको थियो ।
घाइते हुनेमा मोटरसाइकल चालक रञ्जित खत्री छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार खत्रीलाई प्रहरीले उद्धार गरी तत्कालै अस्पताल पुर्याएको थियो । उनको बुटवलमा उपचार भइरहेको र अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
घटनापछि स्थानीयले ठम्मर दिने गाडी र मेयर पन्थीलाई घेरेका थिए । गाडीमा सवार कांग्रेस गुल्मीका नेता भुवन श्रेष्ठलाई स्थानीयहरूले घेरेर विरोध जनाएका थिए ।
स्थिति जटिल बनेपछि प्रहरी टोलीले हस्तक्षेप गर्दै घाइतेसहित गाडीमा रहकोहरुलाई सुरक्षित स्थानमा लगिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्र रानाले जानकारी दिए ।
यसैबचि प्रहरीले मेयर पन्थीका गाडी चालक बलबहादुर थापालाई नियन्त्रणमा लिएको छ ।