
मकवानपुर, १४ असार– मकवानपुको राक्सिराङ गाउँपालिका–८ माईसिराङमा शुक्रबार साँझ परेको चट्याङ लागेर एक बालिकाको ज्यान गएको छ ।
मृत्यु हनेमा ६ वर्षीया एनिका चेपाङ रहेको कमवानपुर प्रहरीले जनाएको छ । चट्याङ लागेर मृतककी आमा २५ वर्षीया रबिनासहित चार जना घाइते भएका छन् ।
चट्याङ लागेर गम्भीर घाइते भएका आमाछोरीलाई राति नै उपचारका लागि मनहरी अस्पताल लगिएको थियो । बालिकाको उपचारका क्रममा मृत्यु भएको हो ।
राक्सिराङकै चोराङमा पनि चट्याङ लागेर तीन जना घाइते भएका छन् ।