स्पेन उड्नुअघि ओलीले संसद् बैठकलाई सम्बोधन गर्ने

काठमाण्डु टुडे २०८२ असार १४ गते ७:५१ मा प्रकाशित

काठमाण्डू, १४ असार– प्रधानमन्त्री केपी ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

संघीय संसद् सचिवालयका अनुसार ओलीले बिहान ११ बजे बस्ने तय भएको बैठकमा सम्बोधन गर्नेछन् ।

बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानका दिए । स्पेन जानुअघि ओलीले संसदलाई सम्बोधन गर्न लागेका छन् ।

संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आजै साँझ ६ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

ओलीले भ्रमणबारे संसदलाई जानकारी गराउने एमाले सचेतक सुनिता बरालले बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us