काठमाण्डू, १३ असार– यस बर्ष (०८१) मा सञ्चालन भएको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनीक गर्न राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) को बैठक अहिले जारी छ ।
भक्तपुरस्थित बोर्डको कार्यालयमा केही बेरअघिदेखि बैठक जारी छ । बैठक सकिएपछि शुक्रबार नै नतिजा सार्वजनिक हुने बताइएको छ । यसअघि परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले शुक्रबार साँझ साढे ५ बजे एसइई नतिजा सार्वजनिक गर्ने बताएका थिए । तर, बोर्ड बैठक बस्न ढिलाइ भएकै कारण नतिजामा पनि ढिलाइ हुने भएको हो ।
२०८१ को एसइई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको परीक्षा बोर्डले जनाएको छ ।