
काठमाण्डू, ११ असार– बागमती नदी किनारमा एक पुरुषको शव फेला परेको छ । काठमाण्डूको दक्षिणकाली नगरपालिका–१ भैंसीबजारस्थित बागमती नदी किनारमा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
मृत भेटिएका व्यक्ति ललितपुर महानगरपालिका–१४ थसिखेल बस्ने ३४ वर्षीय निरोज ढुंगाना रहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।