
काठमाण्डू, ११ असार– आज (बुधबार) दिउँसो १ बजे बस्ने भनिएको एमालेको सचिवालय बैठक २ घण्टा पर सरेको छ । आज दिउँसो १ बजेका लागि तय भएको सचिवालय बैठक तयारी नपुगेकाले २ घण्टा पछि आजै दिउँसो ३ बजे बस्ने गरी सरेको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन ।
एमाले प्रचार विभाग प्रमुख डा. राजेन्द्र गौतमले भने, ‘१ बजेका लागि बोलाइएको बैठक ३ बजेलाई सरेको छ, ‘तयारी नपुगेको हुनसक्छ ।’ बैठकमा विधान महाधिवेशनको तयारीबारे छलफल गर्ने एजेन्डा रहेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।