शौचालयको सेफ्टी ट्याङ्कीमा खसेर दुई बालबालिकाको मृत्यु

काठमाण्डु टुडे २०८२ असार ११ गते ९:४८ मा प्रकाशित

रौतहट, ११ असार– रौतहटको चन्द्रपुर नगरपालिका–१० निबुवा टोलमा शौचालयको सेफ्टी ट्यांकीमा खसेर एक बालक र एक कालिकाको ज्यान गएको छ ।

स्थानीय जगदीश साहकी छोरी एक वर्षीया खुश्बु साह र गरिमा साहका छोरा एक वर्षकै रञ्जे साहको सेफ्टी ट्याङकीमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरु खेल्ने क्रममा मंगलबार साँझ करिब ८ बजेको समयमा छिमेकी हृदय पासवानको सेफ्टी ट्यांकीमा खसेका थिए । तत्काल उद्धार गरी जिल्ला अस्पताल गौर लगिएकामा चिकित्सकले मृत घोषणा गरे । प्रहरीले घटनाको अनुसन्धान थालिएको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us