प्रतिनिधिसभाबाट बजेट पारित, रास्वपा–राप्रपा अनुपस्थित

काठमाण्डु टुडे २०८२ असार १० गते १८:१३ मा प्रकाशित

काठमाण्डू, १० असार– आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकबाट विनियोजन विधेयक (बजेट) पारित भएको छ । आजको प्रतिनिधि सभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

जसलाइ सभाले बहुमतले पारित गरेको हो । बजेट पारित गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू अनुपस्थित थिए । उनीहरूले बजेटमाथिको छलफल पुरै बहिष्कार गरेका थिए ।

भिजिट भिसा प्रकरणमा गृहममन्त्रीको राजीनामा माग्दै आएका उनीहरूले यो विषयमा संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायीयक आयोग गठनको माग राख्दै आएका छन् ।

यी माग पुरा नभएको भनेर दुई दलका सांसद गत जेठ १३ गते यता प्रतिनिधिसभाको कामकारबाहीका सरिक भएका छैनन् । मंगलबार बजेट पारित हुँदा पनि दुवै दलका सांसदहरू सभामा थिएनन् ।

प्रतिपक्षी दलको विरोध र अवरोधका बीच सभा सञ्चालन हुँदै आएको छ । बजेट पारित भएसँगै सभामा बजेटसँग आश्रित विधेयक आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक २०८२ अगाडि बढेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us