सर्वोच्चले माग्यो टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण

काठमाण्डु टुडे २०८२ असार १० गते १६:१९ मा प्रकाशित

काठमाण्डू, १० असार– सर्वोच्च अदालतले टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको बारे कारण देखाउ आदेश जारी गरेको छ । रमाका बुवा बलदेव बस्नेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।

प्रधानमन्त्रीसहित राजनीतिक नेतृत्वलाई गाली गरेको र मधेसी समुदायलाई होच्याउने गरी बोलेर साम्प्रदायिक खलल पुर्‍याएको आरोपमा उनी गत असार १ गते पक्राउ परेकी थिइन् ।

खोटाङ स्थायी घर भएर भक्तपुर बस्दै आएकी रमालाई विद्युतीय कसुर गरेको आरोपमा पक्राउ गरिएको थियो । रमालाई पक्राउ गरी गैरकानुनी थुनामा राखिएको भन्दै सोमबार बन्दी प्रत्यक्षीकरण रिट दायर भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us