भिजिट भिसा प्रकरण, बैरागी आफैं अनुसन्धानको राडारमा छन्ः स्वर्णिम वाग्ले

काठमाण्डु टुडे २०८२ असार १० गते १४:११ मा प्रकाशित

काठमाण्डू, १० असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं प्रतिनिधि सभाका सदस्य डा. स्वर्णिम वाग्लेले भिजिट भिसा प्रकरणको अनुसन्धान गर्न सरकारले गठन गरेको समितिका संयोजक शंकरदास बैरागी आफैं अनुसन्धानको घेरामा भएको दाबी गरेका छन ।

आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा उपसभापति वाग्लेले यस्तो बताएका हुन । उनले शंकर दास बैरागी स्वार्थको द्वन्द्वबाट घेरिएको पात्र भएको दाबी गरे । सांसद वाग्लले भने, ‘अहिलेका निगाह प्राप्त नेताहरूको गुड बुक्समा रहनुपर्ने, स्वार्थको द्वन्द्वबाट झेलिएका पात्र हुनुहुन्छ ।

यो, ‘उहाँले यो जिम्मेवारी लिनुहुन्न भन्ने हाम्रो पार्टीको मत छ । त्यसैले उहाँ स्वयं सक्षम निकायहरूको राडारमा हुनुहुन्छ । सक्षम निकायहरूको राडारमा भएका व्यक्तिहरूले कसको छानबिन गर्ने ?’ बैरागी स्थायी सत्ताको प्रीय पात्र १० वर्षदेखि रहेको उनले बताए ।

‘विगत १० वर्षदेखि उहाँ स्थायी सत्ताको प्रिय पात्र हुनुहुन्छ । सात वर्ष परराष्ट्र सचिव बन्नुभयो, तीन वर्ष मुख्य सचिव बन्नुभयो र रहस्यमय ढंगले उहाँको बहिर्गमन हुन्छ मुख्यसचिवबाट, राष्ट्रिय सुरक्षा सल्लाहकार बन्नुहुन्छ, ‘त्यसपछि उहाँ एक–दुई दिनमा निवृत्त हुन लागेका अर्का मुख्य सचिव आउनुहुन्छ । र, त्यो पिरियडमा दशौं करोड, अरबौंको टेलिकम माफियाद्वारा रचिएको घोटालाहरू भएका छन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us