सरकारले प्लास्टिक झोला नियन्त्रण गर्ने

काठमाण्डु टुडे २०८२ असार ९ गते १५:५४ मा प्रकाशित

काठमाण्डू, ९ असार– सरकारले जलवायु परिवर्तन तथा वातावरण संरक्षण गर्न प्लास्टिक झोला नियन्त्रण सम्बन्धी कार्य योजना कार्यान्वयन गर्ने तयारी गरेको छ ।

प्रतिनिधिसभामा प्रस्तुत भएको बजेटमाथिको मन्त्रालयगत छलफलमा रूपमा सांसदहरूले उठाएका प्रश्नको सोमबार जवाफ दिँदै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले यसअघि निर्माण भएका प्लास्टिक झोला सम्बन्धी नियन्त्रण कार्य योजना कार्यान्वयन गर्ने बताएका हुन् ।

विकास र वातावरणलाई सँगसँगै लैजान वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृति प्रक्रियालाई सरल बनाउन नियमावली संशोधन गरिने पनि मन्त्री शाहीले बताए ।

उनले कार्बन व्यापारलाई व्यवस्थित गर्न ‘कार्बन व्यापार नियमावली’ तर्जुमा अन्तिम चरणमा पुर्‍याइएको जानकारी दिए । जलवायु परिवर्तन तथा वातावरण संरक्षण गर्न अन्तर्राष्ट्रिय जलवायु वित्त र प्रविधिमा नेपालको पहुँच बढाइने योजना मन्त्रालयको रहेको मन्त्री शाहीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us