उदयपुरमा वडाध्यक्ष र वडा सदस्यको निधन

काठमाण्डु टुडे २०८२ असार ९ गते १५:०८ मा प्रकाशित

काठमाण्डू, ९ असार– उदयपुरको रौतामाई गाउँपालिका–२ का वडाअध्यक्ष होमबहादुर दाहाल र ताप्ली गाउँपालिका–३ का वडा सदस्य छविजर्घा मगरको निधन भएको छ ।

रौतामाई गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्र थापा क्षेत्रीका अनुसार वडा २ का वडाअध्यक्ष दाहालको ६८ वर्षको उमेरमा उपचारका क्रममा काठमाण्डूको त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो ।

यस्तै, ताप्ली गाउँपालिका–३ का वडा सदस्य ३९ वर्षीय छविजर्घा मगरको शनिबार निधन भएको ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विकले बताए । उनले लामो समयदेखि बिरामी थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us