आम मान्छेलाई सरकारसँग झोक चल्ने भनेकै लाइन बस्नु पर्दा होः महामन्त्री थापा

काठमाण्डु टुडे २०८२ असार ९ गते १४:१९ मा प्रकाशित

काठमाण्डू, ९ असार– कांग्रेसका महामन्त्री गगन थापाले सरकारले उपलब्ध गराउने सेवा सुविधा लिन लामो समय लाइनमा बस्नुपर्ने कुराबाट जनता आजित बनेको तर्क गरेका छन ।

आज (सोमबार) एक कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन । महामन्त्री थापाले राज्यले उपलब्ध गराउने सेवा प्राप्त गर्न ‘कि लाइनमा बस्नुपर्छ, कि मान्छे चिनेको हुनुपर्छ’ भन्ने कुराबाट जनता आजित बनेको बताए ।

महामन्त्री थापाले भने, ‘आम मान्छेलाई अहिले सरकारसँग सबैभन्दा झोक चल्ने कुरा भनेकै लाइन बस्ने कुरा छ । सरकारसँग जहाँ भेटभयो त्यहाँ रिस उठिहाल्छ ।

सरकार भनेको अलओभर राज्य हो । स्टेटसँग जहाँ भेट हुनुपर्‍यो त्यहाँनिर रिस उठ्छ भने यसको सोलुसन के हो त भन्दा सकेसम्म स्टेटसँग भेट हुन नपर्ने बनाउने हो ।

यदि भइहाल्यो भने पनि फिजिकल भेट हुन नपर्ने बनाउने हो । फिजिकल्ली भेट हुन नपर्ने बनाउन सायद त्यसले स्टेटसम्मको विश्वास बढाउँदै लैजानुपर्ला ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us